काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा नेपालबाट ६ लाख २१ हजार ७ सय ४७ किलो छुर्पी विदेश निर्यात भएको हो । निर्यातबाट १ अर्ब १५ करोड रुपैयाँ भित्रिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट अमेरिका, क्यानडा, ब्राजिल, चीन, ग्रिस, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, युके, युक्रेनलगायत मुलुकमा छुर्पी निर्यात हुने गरेको छ । सबैभन्दा धेरै निर्यात अमेरिकामा भएको छ ।
४ महिनामा अमेरिकामा मात्रै १ अर्ब २ करोड २३ लाख ७१ हजार रुपैयाँको ५ लाख ५२ हजार ४८ किलो छुर्पी निर्यात भएको छ । क्यानडामा ७ करोड ७२ लाख ९७ हजार रुपैयाँको ३२ हजार ४ सय ५ किलो छुर्पी निर्यात भएको विभागले बताएको छ ।
पूर्वी नेपालमा उत्पादन हुने छुर्पीको ठूलो हिस्सा भारतीय बजार हुँदै विदेश निर्यात हुने गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)