माओवादी केन्द्रले माग्याे लेखासमिति सभापतिकाे राजीनामा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संघीय संसदको सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले आग्रह गरेको छ ।

पोखरेल पत्नी अञ्जला कोइराला मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा जोडिएकी छन् । कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

पोखरेल सार्वजनिक लेखासमितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेललाई राजीनामा दिन आग्रह गरे ।

माओवादी दलका नेता आङ्बोले विहीबार पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न आग्रह गरे ।

‘पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पक्राउको कुनै प्रक्रिया अघि बढाएन्, यो विषय धेरै गम्भीर छ,’ उनले भने,‘ सार्वजनिक लेखासमिति सभापतिमाथि नैतिक प्रश्न उठ्यो, उहाँले सभापतिबाट राजीनामा दिदा राम्रो हुन्छ ।’

प्रकाशित मिति: बिहिबार, ०४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.