काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरी हिरासत कक्षमा सुतिरहेकाे फाेटाे सार्वजनिक भएकाे छ । फाेटाे सार्वजनिक भएपछि प्रहरी सुरक्षामाथि प्रश्न उठेकाे छ । फाेटाे सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले पनि चासाे देखाएका छन् ।
लामिछानेको फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले छानविन सुरु गरेको छ । प्रहरीले छानविन सुरु गरेपछि सामाजिक अभियान्ता निकोलस भुसालले लामिछानेको फाेटाे आफूले खिचेर सार्वजनिक गरेको भन्दै माफी मागेका छन् ।
व्यक्तिको फोटो भिडियो अनुमति विना खिच्न र सार्वजनिक गर्न मिल्दैन । कसैले सार्वजनिक गरे व्यक्तिको गोपनीयताविरुद्ध कसुर आकर्षित हुन्छ । यस्तो कसुर गर्नेलाई एक वर्षसम्म कैद सजाय हुनसक्छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा अनुमति बिना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरूप बिगार्न नहुने प्रावधान छ । दफा २९५ को उपदफा १ मा भनिएको छ ,‘कसैले कुनै व्यक्तिको अनुमति बिना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन हुँदैन । तर कसैले कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।’
त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।


सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)