सुनसरीमा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीमा छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएकाे छ । इटहरी र दुहबीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।

बुधबार दिउँसो इटहरी उपमहानगरपालिका– १३ कालीमन्दिर स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १–०२–०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई प्र १–०१–००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका– ६ का ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको हो ।

बुधबार बेलुका सुनसरीको दुहबी नगरपालिका– ८ जुटमिल अगाडी दुहबीबाट इटहरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७च ०४८२ नम्बरको कारको ठक्करबाट बाटाे क्रस गर्दै गरेका पैदल यात्री सोही स्थानका ४५ वर्षीय गणेश गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुलाई दुर्घटना लगतै उपचारका लागि विराट मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

प्रकाशित मिति: बिहिबार, ०४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.