विराटनगर । सुनसरीमा छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएकाे छ । इटहरी र दुहबीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।
बुधबार दिउँसो इटहरी उपमहानगरपालिका– १३ कालीमन्दिर स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १–०२–०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई प्र १–०१–००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका– ६ का ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको हो ।
बुधबार बेलुका सुनसरीको दुहबी नगरपालिका– ८ जुटमिल अगाडी दुहबीबाट इटहरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७च ०४८२ नम्बरको कारको ठक्करबाट बाटाे क्रस गर्दै गरेका पैदल यात्री सोही स्थानका ४५ वर्षीय गणेश गुप्ताको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएकाहरुलाई दुर्घटना लगतै उपचारका लागि विराट मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)