भारतको मुम्बईमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । भारतको मुम्बईमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।

इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ ।

मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकमा नौसेनाका तीन जवान पनि छन् । उद्धारकर्ताले १०१ जनाको उद्दार गरेका छन् ।

मृतकका परिवारलाई राज्य सरकारले ५–५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

इण्डियन नेवीका अनुसार स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो ।

प्रकाशित मिति: बिहिबार, ०४ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.