विराटनगर । विराटनगर बसपार्कमा खुकुरी प्रहार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका – ११ मा रहेकाे बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा विराटनगर– ११ का रेगन कँडेलले विराटनगर -१२ का विजय कामतलाई खुकुरी प्रहार गरेका थिए ।
सामान्य विवादमा राति खुकुरी प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कँडेलले खुकुरी प्रहार गर्दा कामतको बायाँ हातमा गहिरो चोट लागेको छ ।
प्रहरीले राति नै कँडेललाई पक्राउ गरेको थियो । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जोशीले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)