विराटनगरकाे बसपार्कमा खुकुरी प्रहार, एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर बसपार्कमा खुकुरी प्रहार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका – ११ मा रहेकाे बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा विराटनगर– ११ का रेगन कँडेलले विराटनगर -१२ का विजय कामतलाई खुकुरी प्रहार गरेका थिए ।

सामान्य विवादमा राति खुकुरी प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कँडेलले खुकुरी प्रहार गर्दा कामतको बायाँ हातमा गहिरो चोट लागेको छ । 

प्रहरीले राति नै कँडेललाई पक्राउ गरेको थियो । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जोशीले बताए ।

प्रकाशित मिति: बुधबार, ०३ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.