लामिछाने पत्नी निकिताको गुनासो :‘मिडिया ट्रायल भयो’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । सहकारी ठगी सम्बन्धि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलकाे कार्यालयमा बुझाएकाे छ । सरकारी वकिलकाे कार्यालयले केही दिन भित्र मुद्दा दर्ता गर्नेछन् ।

लामिछानेकी पत्नी निकिता पौडेलले भने आफूहरुमाथि मिडिया ट्रायल भएको गुनासो गरेकी छन् । आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको समाचार प्रकाशित भएको गुनासो गर्दै उनले मिडिया ट्रायल भएको गुनासो गरेकी हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् ।

‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ उनले लेखेकी छन् ।

आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेको भन्दै उनले संवेदनशील विषयमा मिडियामा संवेदनहीन विषय आएको उनको गुनासो छ ।

प्रकाशित मिति: मङ्गलबार, ०२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.