काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । सहकारी ठगी सम्बन्धि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलकाे कार्यालयमा बुझाएकाे छ । सरकारी वकिलकाे कार्यालयले केही दिन भित्र मुद्दा दर्ता गर्नेछन् ।
लामिछानेकी पत्नी निकिता पौडेलले भने आफूहरुमाथि मिडिया ट्रायल भएको गुनासो गरेकी छन् । आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको समाचार प्रकाशित भएको गुनासो गर्दै उनले मिडिया ट्रायल भएको गुनासो गरेकी हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् ।
‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ उनले लेखेकी छन् ।
आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेको भन्दै उनले संवेदनशील विषयमा मिडियामा संवेदनहीन विषय आएको उनको गुनासो छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)