सडकमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हुलाकी राजमार्गकाे मोरङको सुनबर्षी नगरपालिका- ९ खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति करिब साढे ८ बजे सुनबर्षी– ९ भेरुवाथान सडक खण्डमा रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक उत्तर तर्फ मोड्ने क्रममा स्टार्ट बन्द भएपछि रोकिएको थियो । रंगेलीबाट डाईनिया जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल सोही ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।

स्टार्ट बन्द भएर सडकमा रोकिएको ट्रकसँग ठोक्किदा मोटरसाइकल चालक मोरङ सुनबर्षी– ९ बालुबारीका २५ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनापछि टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि रंगेली अस्पताल पठाइएको थियो । राति नै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीले ट्रक चालक मोरङको जहदा गाउँपालिका– ४ रामचोक बस्ने २९ वर्षीय सुधिर महत्तोबिनलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.