सडकमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हुलाकी राजमार्गकाे मोरङको सुनबर्षी नगरपालिका- ९ खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति करिब साढे ८ बजे सुनबर्षी– ९ भेरुवाथान सडक खण्डमा रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक उत्तर तर्फ मोड्ने क्रममा स्टार्ट बन्द भएपछि रोकिएको थियो । रंगेलीबाट डाईनिया जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल सोही ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।

स्टार्ट बन्द भएर सडकमा रोकिएको ट्रकसँग ठोक्किदा मोटरसाइकल चालक मोरङ सुनबर्षी– ९ बालुबारीका २५ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनापछि टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि रंगेली अस्पताल पठाइएको थियो । राति नै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीले ट्रक चालक मोरङको जहदा गाउँपालिका– ४ रामचोक बस्ने २९ वर्षीय सुधिर महत्तोबिनलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.