रवि लामिछानेमाथि तीन कसुरमा मुद्दा चलाउन प्रहरीकाे राय

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । लामाेसमयकाे अनुसन्धानपछि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धकाे अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयलाई बुझाएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथिकाे अनुसन्धान प्रतिवेदन सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।

अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाउन राय दिएको छ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्नेछ ।

कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमिततामा लामिछाने जोडिएको अनुसन्धान प्रतिवेदनमा छ ।

पोखराको सूर्यदर्शन सहकारीसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेको बयान लिएको थियाे ।

प्रकाशित मिति: सोमबार, ०१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.