काठमाडौं । लामाेसमयकाे अनुसन्धानपछि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धकाे अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयलाई बुझाएको छ ।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथिकाे अनुसन्धान प्रतिवेदन सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।
अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाउन राय दिएको छ ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्नेछ ।
कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमिततामा लामिछाने जोडिएको अनुसन्धान प्रतिवेदनमा छ ।
पोखराको सूर्यदर्शन सहकारीसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेको बयान लिएको थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)