काठमाडौंका पूर्व मेयरकाे निधनपछि कांग्रेसमा तीन दिन शाेक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

पूर्व मेयर सिंहको मृत्युको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

भोलि मंगलबार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने कांग्रेसले जनाएको छ । सोमबारदेखि देखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्नेछ ।

सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो ।

गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । सिंहकाे घरमै उनकाे निधन भएकाे हाे ।

पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

प्रकाशित मिति: सोमबार, ०१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.