अल्लोबाट उद्यमी बनिन् रेनुकला (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिकाकी रेनुकला राईले बाल्यकालमै अल्लो कपडा बनाउन सिकिन् । बाल्यकालको सीपलाई उनले ६ वर्षयता उद्यमसँग जोडेकी छन् । उनी खाँदबारी बजारमा ‘रेनु अल्लो सुती कपडा उद्योग’ सञ्चालन गर्छिन् ।

रेनुकलाको घरेलु उद्योगमा अल्लोका जुत्ता चप्पल टोपी ब्यागदेखि दौरासुरुवाल लगायत कपडा उत्पादन हुन्छ । बालखमै अल्लोको कपडा बनाउन सिकेपनि व्यवसाय सुरु गर्न भने वर्षौंसम्म कुर्नु परेको उनी बताउँछिन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सदस्य भएपछि पूँजी जुटाएर उनले व्यवसाय सुरु गरेकी थिइन् । गाउँगाउँबाट अल्लोको धागो संकलन गरेर बनाएको कपडा उनी नेपालका विभिन्न ठाउँमा पठाउँछिन् । पूर्वको बजारदेखि काठमाडौंसँगै पश्चिम नेपालसम्म उनले उत्पादन गरेको कपडा पुग्छ । ‘बाजेबजैले पहिलेदेखि नै यसको काम गर्नुहुन्थ्यो, हामी हेर्थ्यौँ , हेरेर सिक्यौँ,’ उनले भनिन्,‘ १२–१३ वर्षको भएपछि कपडाको तान बुन्न सिके ।’

पहिले घरमा बुनेको अल्लोको कपडा बिक्री गर्न रेनुकलालाई निकै गाह्रो थियो । अहिले उनले अरु महिलालाई कपडा बुन्ने काम दिएकी छन् । रेनुको घरेलु उद्योगका लागि ७–८ जना महिलाले अल्लोको कपडा तयार गरी उपलब्ध गराउँछन् ।

‘पहिले मैले काम पाउँदिन थिए, हिजोआज ७–८ जना दिदीबहिनीलाई अवसर दिएको छु,’ उनले भनिन्,‘ दिदीबहिनीहरूलाई अल्लो र धागो दिन्छौँ, उहाँहरूले घरमा बुनेर ल्याउनुहुन्छ ।’

अल्लोको कपडाबाट रेनुकला बजारको माग अनुसारको पहिरन बनाउँछिन् ।

नेपाली उत्पादन भएका कारण अल्लोको कपडाको माग पनि बढ्दो छ । अल्लोको व्यापारबाट आम्दानी पनि राम्रै भइरहेको छ ।

अल्लोको व्यवसाय सुरु गरेपछि रेनुकलाको दैनिकी सहज भएको छ । व्यवसायकै आम्दानीबाट उनले घर पनि बनाएकी छन् । दुःखले सुरु गरेको व्यवसायलाई विस्तार गर्दै लैजाने उनको योजना छ ।

प्रकाशित मिति: सोमबार, ०१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.