एनपीएल : सुदूरले जनकपुरसँग क्वालिफायर, कर्णालीले चितवनसँग एलिमिनेटर खेल्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिगको प्लेअफको समिकरण तय भएको छ । लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली सुदूरपश्चिमसँग पराजित भएपछि प्लेअफको समिकरण पुरा भएको हो ।

अब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्नेछन् ।

चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने छन् ।

लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । आज सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवन यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।

लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।

जवाफमा सुदूरपश्चिमले १५.२ ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए ।

प्रकाशित मिति: सोमबार, ०१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.