नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे ।

अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे।

उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी भइन् । गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन् ।

उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे।

महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जित निकाले । सचिव महिलामा सोनी शर्माले चार हजार तीन सय ४७ मत प्राप्त गरी विजयी भइन्।

सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार आठ सय ५८ मत प्राप्त गरेर विजयी भए। सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गरे। कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार आठ सय ४७ मत प्राप्त गरी विजयी भए ।

केन्द्रीय सदस्यमा काे–काे ?

कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५२७ मत र शंकर खरेलले ४४२ मत, मधेश प्रदेश सदस्यमा राजु विश्वकर्मा २९७ मत र राजेशकुमार कर्णले ३७६ मत प्राप्त गरी विजयी भए ।

बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३६८ र नारायणप्रसाद अधिकारीले ४५० मत प्राप्त गरी विजयी भए ।

गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी ३३० मत, केवी रानाले ३८१ मत प्राप्त गरी विजयी भए ।

लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५६० मत र विकास बन्जाडेले ४७३ मत प्राप्त गरी विजयी भए ।

कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३२१ मत प्राप्त गरी जित निकाले ।

सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३९७ र सुरेश पन्तले ३०० मत प्राप्त गरी विजयी भए ।

उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४५९ र सूर्य सुवेदीले ६६८ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४०० र सविता शर्माले ४८७ मत भए । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले २०९ र मनुका कुँवरले ३०१ मत प्राप्त गरी जित निकालेका छन् ।

खुला सदस्यमा छविलाल तिवारीले ३ हजार ४७०, भूपेन्द्र आचार्यले ३ हजार ५८२, मुकुन्दप्रसाद भण्डारीले ३ हजार ७२१, रामेश्वर कार्कीले ३ हजार ६३० र लवदेव ढुङ्गानाले ३ हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले ४ हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले ३ हजार ७३७ मत, खस आर्य महिलामा लिला शाह योगीले ३ हजार ८१० मत प्राप्त गरी निर्वाचित भए । महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी थिइन् ।

दलित सदस्यमा सिकेन्द्र पासवानले ३ हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएकी थिइन् ।

आदिवासी जनजाति सदस्यमा भरत जर्घामगरले ४ हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्तीमगर निर्विरोध निर्वाचित भएकी थिइन् ।

मधेसी सदस्यमा राजकरण महतोले ३ हजार ८९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले ४ हजार ४०९ मत प्राप्त गरी निर्वाचित भए ।

अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले ३ हजार ५५७ र अल्पसंख्यक सदस्यमा लक्ष्मण थामीले ४ हजार ३७३ मत प्राप्त गरी विजयी भए ।

लेखा समिति संयोजकमा शर्मा प्यानलका केसी लामिछानेले ४ हजार १९४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका ध्रुव कुमार रावलले २ हजार ४२० मत पाए ।

लेखा समितिकै सदस्य खुलामा केशवप्रसाद बोहराले ४ हजार १२५ मत सहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी गणेशप्रसाद बन्जाडेले २ हजार ३६५ मत पाए ।

लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले ४ हजार ८९ मत प्राप्त गरी जित निकाल्दा उनको निकटतम प्रतिस्पर्धी लक्ष्मी चौधरीले २ हजार ५४२ मत पाइन् ।महासंघको निर्वाचन मंसिर २८ गते भएको थियो ।

प्रकाशित मिति: सोमबार, ०१ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.