विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।
आज बिहानको राति करिब १ बजे झोराहाट चौक स्थित नहरको पुलमा प्रदेश१–०४–००२प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी कटहरी गाउँपालिका– १ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु बाबुछोरा हुन् ।
प्रहरीका अनुसार प्रदेश१–०४–००२प १९०१ नम्बरको मोटरसाइकल आशिकले चलाएका थिए ।
तीव्र गतिमा रहेको मोटरसाइकल घिनाघाट–विराटचोक सडक खण्डकाे झाेराहाटमा रहेकाे नहरकाे पुलमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरुको मृत्यु भएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)