दुर्घटनामा परेको कारमा १३० किलो गाँजा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सिरहामा दुर्घटनामा परेको कारमा गाँजा बरामद भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना ३ ख ७५९१ नम्बरको ट्रकसँग ठोक्किएको बा ८ च ९९६३ नम्बरको कारमा १३० किलो गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार कारबाट पाँच वटा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा १३० किलो गाँजा बरामद भएको हो ।

कारका चालक फरार छन् भने ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुर बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट रौतहट जाँदै गरेको ट्रकसँग कार रोमाइलमा ठोक्किएको थियो ।

प्रकाशित मिति: शनिबार, २९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.