दुर्घटनामा परेको कारमा १३० किलो गाँजा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सिरहामा दुर्घटनामा परेको कारमा गाँजा बरामद भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना ३ ख ७५९१ नम्बरको ट्रकसँग ठोक्किएको बा ८ च ९९६३ नम्बरको कारमा १३० किलो गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार कारबाट पाँच वटा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा १३० किलो गाँजा बरामद भएको हो ।

कारका चालक फरार छन् भने ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुर बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट रौतहट जाँदै गरेको ट्रकसँग कार रोमाइलमा ठोक्किएको थियो ।

प्रकाशित मिति: शनिबार, २९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.