नेपाल नर्सिङ संघमा एमाले–माओवादी केन्द्रकाे प्रगतिशील प्यानल बिजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल नर्सिङ संघको नेतृत्वका लागि भएको निर्वाचनमा चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।

२०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक शर्मा नेतृत्वको प्यानल नै बिजयी भएको हो । उनी नेकपा एमाले र नेकपा माओवादी निकट नर्सहरूले संयुक्त प्रगतिशील प्यानलकी उम्मेदवार हुन् ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरू संयुक्त पेसागत प्यानल बनाएर गंगाकुमारी थापाको नेतृत्वमा चुनावी मैदानमा गएका थिए ।

अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १ हजार ३७० मत मात्रै प्राप्त गरिन् । अध्यक्ष पदको अर्को उम्मेद्धार वसन्ती थापाले २८२ मत प्राप्त गरिन् ।

संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी कल्पना श्रेष्ठ जोशीले १ हजार ५९७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मनिसा कोइरालाले भने १ हजार ५७० मत पाइन् ।

संघको महासचिवमा डा‍क्टर देवका कुमारी आचार्य १ हजार ७३३ मत सहित निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धीहरू मिना कुमारी कार्कीले १ हजार ३४७ मत र जानकी धामीले ६२२ मत पाइन् ।

सचिवमा वेली पौडेल २ हजार ९० मतसहित बिजयी भइन् । निकटतम प्रतिद्वन्दी जया मिश्रले १ हजार ५७३ मत मात्र ल्याइन् ।

संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरीले २ हजार १८८ मतसहित निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले १ हजार ४८२ मत मात्र पाइन् ।

प्रकाशित मिति: शनिबार, २९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.