विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकाे अध्यक्षमा भरत खड्का निर्वाचित भएका छन् ।
नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन प्यानलका उम्मेदवार खड्का ६१४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका उम्मेदवार बिवेक गौतमले ३१७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार सन्तवीर लामाले १२७ मत प्राप्त गरे ।
महासंघ प्रदेशको उपाध्यक्षमा कुमोद अधिकारी निर्वाचित भएका छन् । ६८० मतसहित अधिकारी निर्वाचित हुँदा अर्का उम्मेदवार शिवप्रसाद ढुंगानाले ३२५ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा ६८१ मतसहित अम्बिका भण्डारी निर्वाचित भइन् । महिला उपाध्यक्ष उम्मेदवार रिता मोक्तानले ३३८ मत प्राप्त गरिन् ।
महासचिवमा हिमाकुमारी चेम्जोङ निर्वाचित भएकी छन् ।६६५ मतसहित चेम्जोङ निर्वाचित हुँदा महासचिवका अर्का उम्मेदवार अमृत बास्तोलाले २७५ र राजेन्द्रकुमार राईले १०६ मत प्राप्त गरे ।
समावेशी सचिवमा अरबिन्दकुमार मेहता ६०९ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार गजेन्द्र राईले ३८४ मत प्राप्त गरे ।
खुल्ला सचिवमा ध्रुव भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।
कोषाध्यक्षमा ५२२ मतसहित सुदीप कोइराला निर्वाचित भए । कोषाध्यक्षका उम्मेदवार किशोर बुढाथोकी र मोहन भट्टराईले समान २२२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार बाबुराम भण्डारीले ६२ मत प्राप्त गरे ।
महासंघकाे नयाँ नेतृत्वका लागि शुक्रबार देशभर मतदान भएकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)