विराटनगर । नेपाल पत्रकार महासंंघ मोरङको अध्यक्षमा सुशीला पाठक निर्वाचित भएकी छन् । प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेकी पाठक ११७ मतसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरे ।
महासंघको उपाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित भएका छन् । सिग्देल १०१ मतसहित विजयी हुँदा उपाध्यक्षका उम्मेदवार उत्तम पोखरेलले ५८ र सरोज बस्नेतले १७ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा तारा आचार्य र विनु तिम्सिनाले बराबर मत ल्याएका छन् । दुवैको मत ८२–८२ छ । बराबर मत भएका कारण आधाआधा कार्यकाल बाडिनेछ । महिला उपाध्यक्षकाे उम्मेदवार रन्जिता पोखरेलले १५ मत प्राप्त गरिन ।
सचिवमा नेत्र अधिकारी १०९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनिल श्रेष्ठले ७२ मत प्राप्त गरे ।
सहसचिवमा श्यामसुन्दर सुतिहार र रेवती निरौला विजयी भए । समावेशी सहसचिवमा ९३ मतसहित सुतिहार निर्वाचित हुँदा नविन कर्णले ७८ मत ल्याए । सहसचिव खुल्लामा निरौला ९२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी प्रेम देवानले ५७ सोनुकुमार दासले १७ र तेजन खड्काले १० मत प्राप्त गरे । कोषाध्यक्षमा कौशल निरौला १३१ मतसहित विजयी भए । काेषाध्यक्षका उम्मेदवार पदम सरदारले ३७ मत प्राप्त गरे ।
महासंघकाे सदस्यहरुमा उषाकुमारी सरदार, तिलक नेपाली, विद्यानन्द चाैधरी, सुनिल यादव, डुमरलाल मेहता, अनुज सापकाेटा, इश्वर दुलाल, कुमार खड्का, बाबुराम निराैला, मुकेशकुमार यादव र राेशन पाेखरेल निर्वाचित भए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)