पत्रकार महासंघ मोरङको अध्यक्षमा पाठक निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल पत्रकार महासंंघ मोरङको अध्यक्षमा सुशीला पाठक निर्वाचित भएकी छन् । प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेकी पाठक ११७ मतसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरे ।

महासंघको उपाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित भएका छन् । सिग्देल  १०१ मतसहित विजयी हुँदा उपाध्यक्षका उम्मेदवार उत्तम पोखरेलले ५८ र सरोज बस्नेतले १७ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा तारा आचार्य र विनु तिम्सिनाले बराबर मत ल्याएका छन् । दुवैको मत ८२–८२  छ । बराबर मत भएका कारण आधाआधा कार्यकाल बाडिनेछ । महिला उपाध्यक्षकाे उम्मेदवार रन्जिता पोखरेलले १५ मत प्राप्त गरिन ।

सचिवमा नेत्र अधिकारी १०९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनिल श्रेष्ठले ७२ मत प्राप्त गरे ।

सहसचिवमा श्यामसुन्दर सुतिहार र रेवती निरौला विजयी भए । समावेशी सहसचिवमा ९३ मतसहित सुतिहार निर्वाचित हुँदा नविन कर्णले ७८ मत ल्याए । सहसचिव खुल्लामा निरौला ९२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी प्रेम देवानले ५७ सोनुकुमार दासले १७ र तेजन खड्काले १० मत प्राप्त गरे ।  कोषाध्यक्षमा कौशल निरौला १३१ मतसहित विजयी भए । काेषाध्यक्षका उम्मेदवार पदम सरदारले ३७ मत प्राप्त गरे ।

महासंघकाे सदस्यहरुमा  उषाकुमारी सरदार, तिलक नेपाली, विद्यानन्द चाैधरी, सुनिल यादव, डुमरलाल मेहता, अनुज सापकाेटा, इश्वर दुलाल,  कुमार खड्का, बाबुराम निराैला, मुकेशकुमार यादव र राेशन पाेखरेल निर्वाचित भए ।

प्रकाशित मिति: शनिबार, २९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.