काेशीमा पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पहिचान पक्षधरसँग वार्ताका लागि कोशी प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रदेशकाे नाम काेशी राखेपछि असन्तुष्ट रहेकाे पहिचान पक्षधरले पुन आन्दोलन  घाेषणा गरेपछि बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई छन् । वार्ता समितिको सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहनेछन् ।

बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले भने,‘ प्रदेशमा उत्पन्न भएका र भविष्यमा उत्पन्न हुनसक्ने सामुदायिक, पहिचान वा जातीय वा अनेक खालका विषयहरू छन्, यी उठेका विषयहरूमा सम्बन्धित पक्षसँग बसेर संविधान र कानुनसङ्गत ढंगले छलफल संवाद र वार्ता मार्फत समाधान निकाल्नका निम्ति तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।’

प्रकाशित मिति: बिहिबार, २७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.