रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले थप पाँच दिन हिरासतमा राख्नका लागि अनुमति दिएको हो । प्रहरीले प्रहरीले ९ दिनको समय मागेको थियो ।

आज थप भएको म्याद भित्र रविविरुद्धको मुद्दाको अभियोग अदालतमा लैजाने तयारी छ ।

सहकारीको बचत अपचलन आरोपमा कात्तिक २ गते काठमाडौंबाट लामिछाने पक्राउ परेका थिए ।

सहकारी सम्बन्धि छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको बचत अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

प्रकाशित मिति: बिहिबार, २७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.