सहकारीको रकम अपचलन सम्बन्धि आरोपमा पर्सामा पनि रविको बयान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग पर्सामा पनि बयान लिइदैछ ।

सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

पोखराबाट काठमाडौँ हुँदै आइतबार पर्सा पुर्याइएका लामिछानेसँग सरकारी वकिलको कार्यालयमा बयान लिइरहेको हो ।

बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् ।

लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी भएको रकम हिनामिनामा बयान भइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।सहकारी ठगी र संगठित अपराध आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, २५ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.