विराटनगर । नेपाल पत्रकार महासंघको कोशी प्रदेश अध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । मंसिर २८ गते महासंघको निर्वाचन हुँदैछ । सोमबार अध्यक्षमा तीन जनाकाे उम्मेदवारी दर्ता भएकाे हाे ।
अध्यक्षमा भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
खड्तका प्रेस चौतरी र प्रेस युनियन गठबन्धनको उम्मेदवार हुन् । गौतम प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत पत्रकार निकट संघको साझा उम्मेदवार हुन् । लामा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज)को तर्फबाट उम्मेदवार भएका हुन् ।
महासंघको उपाध्यक्षमा कुमोद अधिकारी र शिवप्रसाद ढुङ्गानाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा अम्बिका भण्डारी र रीता मोक्तान, महासचिवमा अमृतकुमार बाँस्तोला, राजेन्द्रकुमार राई र हिमाकुमारी चेम्जोङ्गको उम्मेदवारी परेको छ ।
खुल्ला सचिवमा ध्रुव भट्टराई र बाबुराम कार्कीले उम्मेदवारी परेको छ । समावेशी सचिवमा अरविन्दकुमार मेहता र गजेन्द्र राईको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा किशोर बुढाथोकी, बाबुराम भण्डारी, मोहन भट्टराई र सुदीप कोइरालाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यमा विवेक रेग्मी, इन्द्र गिरी, ईश्वरकुमार मगर, चन्द्रबहादुर कार्की, चुडामणि तिम्सिना, पर्शुराम थापा, मनोजकुमार दाहाल, राजकुमार ओली र रामधन राईको उम्मेदवारी परेको छ ।
महिला सदस्यमा अमृता विश्वकर्मा, जोश्ना श्रेष्ठ, बिनु चेम्जोङ्ग, बुद्धमाया सोमी र रामजना अधिकारी (रञ्जना) को उम्मेदवारी परेको छ । दलित सदस्यमा अनिता रसाइली र किशोर विश्वकर्माको उम्मेदवारी परेको छ ।
आदिवासी जनजातीतर्फको सदस्यमा अनिलदेव राई, खनेन्द्रकुमार राई दिनेश सुब्बा र लाक्पा जी शेर्पाको उम्मेदवारी परेको छ । मधेसी सदस्यमा अविनाशकुमार निधि, आशिषकुमार यादव, चन्दनकुमार रौनियार र सत्यनारायण शर्माको उम्मेदवारी परेको छ । अल्पसङ्ख्यक तर्फ लुकमान अन्सारी र विजय धिमालको उम्मेदवारी परेको छ ।पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि मंसिर २८ गते निर्वाचन हुँदैछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)