देशभर पश्चिमी वायुको प्रभाव, चिसो बढ्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । तराईका क्षेत्रमा हुस्सु लागेको छ ।

कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सोमबार देशका केही पहाडी भू–भागमा वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २५ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.