इलाममा रुखले किचेर एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

इलाम । रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ ।

देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको उपचारको क्रममा मृत्यु भएको हो ।

रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए ।

जवेगुको शव बी एण्ड सी अस्पतालमा नै राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, २४ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.