विराटनगरमा ट्रककाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आइतबार विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिक दुर्घटना भएको हो ।

विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले बाटो क्रस गर्दै गर्दा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बूलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो ४ः१० बजेतिर दुर्घटनामा परेर लिम्बू गम्भीर घाइते भएका थिए ।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

ट्रकलाई नियन्त्रणमा लिइसकिएको र चालक फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी जोशीले दिए । उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, २४ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.