विराटनगरमा ट्रककाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आइतबार विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिक दुर्घटना भएको हो ।

विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले बाटो क्रस गर्दै गर्दा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बूलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो ४ः१० बजेतिर दुर्घटनामा परेर लिम्बू गम्भीर घाइते भएका थिए ।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

ट्रकलाई नियन्त्रणमा लिइसकिएको र चालक फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी जोशीले दिए । उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, २४ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.