विराटनगर । कोशी प्रदेशमा चारवटा पदमार्ग निर्माण गरिने भएको छ । स्वीस सरकार विकास सहयोग परियोजना अन्तरगत २ अर्ब ४५ करोड लागतमा चार वटा पदमार्ग निर्माण गरिने भएको हो । याे परियाेजना निर्माण भएपछि दुई हजारले राेजगारी पाउने अनुमान छ ।
चार वर्षे परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार र स्वीस दूतावासबीच सम्झौता भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्को उपस्थितिमा हस्ताक्षर भएको हो ।
परियोजना अन्तरगत चियाबारी पदमार्ग (इलाम-फिक्कल-श्रीअन्तु ), फाल्गुनन्द पदमार्ग(फिदिम-छिन्ताप्पु-सन्दकपुर-माइपोखरी-इलाम), लालिगुरास पदमार्ग (लुम्लिङटार-खादबारी-नुम-गुफाफोखरी-बसन्तपुर-जलजले-तीनजुरे मिल्के), मुन्दुम पदमार्ग (तावाभन्ज्यनङ-टेम्केडाडा-हासपोखरी-साल्पा पोखरी- सिलिचुङ चुली) पदमार्ग निर्माण हुनेछ ।
चारवटा पदमार्ग २९ वटा पालिकामा निर्माण हुनेछ । चार वटा पदमार्ग ४०० किलोमिटरको हुनेछ । परियोजनाको लागि स्वीस सरकारले १ अर्ब ३५ करोड १५ लाख लगानी गर्नेछ । संघ सरकारले १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख लगानी गर्नेछन् ।
परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिनेछन् । पदमार्गको निर्माण तथा पुनः निर्माण क्रममा ४ लाख दिन बराबरको रोजगारी सिर्जना गर्ने बताइएको छ । एक हजार जनालाई पर्यटन सम्बन्धी सीप विकासका लागि तालिम दिइनेछ ।
पदमार्गमा होमस्टे, लज, र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य रहेको बताइएको छ । चार वर्षको अवधिमा आन्तरिक तथा वाह्य गरि ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान गरिएको छ । पदमार्गहरुमा पर्यटन सँग सम्बन्धित २,००० नयाँ रोजगारी सिर्जना अपेक्षा गरिएको छ ।
सम्झौता हस्ताक्षरका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश विकासको मुख्य आधार पर्यटन रहेको बताए । चारवटा पदमार्ग पर्यटन क्षेत्रमा गेम चेन्जर परियोजना बन्ने बताए । विश्वलाई चिनाउनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने उनको भनाइ छ ।
२०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको बताउँदै उनले पदमार्गले पर्यटन वर्ष मनाउन महत्त्वपूर्ण हुने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)