विद्राेहीले कब्जा गरे सिरियाकाे राजधानी, राष्ट्रपति असदले देश छाडेको दाबी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले राजधानी दमास्कससहितका अधिंकाश सहर कब्जा गरेका छन् । विद्रोहीले सहरहरू कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले देश छाडेकाे दाबी गरिएको  छ ।

सिरियामा विद्रोहीले राजधानी दमास्कससहितका धेरै सहरहरुलाई आफ्नो नियन्त्रणमा आइरहेको जनाएको छ ।

सिरियाली सरकारको नियन्त्रणमा रहेका सहर र सैन्य अड्डाहरु विद्रोहीको कब्जामा पुगेका छन् ।

अब सिरिया स्वतन्त्र भएको दाबी विद्रोही पक्षको छ । विद्रोहीले यो दाबी गरिरहँदा सिरियाका राष्ट्रपति बसर अल असदको विमान आकाशमा उडेको देखिएको थियो ।

उनले परिवारसहित देश छाडेर भागेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति बसरले शनिबार साँझ नै देश छाडेको दाबी गरिए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ । उनी रुसको शरणमा पुगेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

विद्रोहीहरूले दमास्कसबाट केही दूरीमा रहेको राष्ट्रपति असदका पिता तथा पूर्वशासक हाफेज अल असदको प्रतिमा भत्काएका थिए । यसैबीच, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विषयमा ट्वीट गर्दै राष्ट्रपति जो बाइडेनलाई सिरियाको विषयमा कदम नचाल्न भनेका छन् ।

ट्रम्पले यो अमेरिकाको लडाइँ नभएको र सिरियाको आन्तरिक विषय भएको उल्लेख गरेका छन् । एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: आइतबार, २३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.