पश्चिम नेपालमा वर्षाको सम्भावना, पूर्वी नेपालमा चिसो बढ्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने सम्भावना छ । भोलि पनि वर्षाको सम्भावना छ ।

पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढ्ने छ । आज बिहानैदेखि तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ ।

कतै हुस्सु–कुहिरो र कतै वर्षा–हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने र जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष हिउँदे बुलेटिन जारी गरी वर्षा र हिमपातको प्रक्षेपण सार्वजनिक गरेको थियो ।

सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपातको सम्भावना छ ।

गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ ।

प्रकाशित मिति: आइतबार, २३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.