तेजस्वीमा स्वास्थ्य शिविर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– ५ मा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा २५५ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

शनिबार सहकारीले आफ्नो कार्यालय परिसरमा मोरङ सहकारी अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा २५५ जनाले स्वास्थ्य परीक्षण गरेको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिए ।

तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले पुस २० गते १२ औं साधारणसभा गर्दैछ । साधारणसभा अघि स्वास्थ्य शिविर आयोजना गरिएको आचार्यले बताए ।

शनिबार बिहानबाट सुरु भएको शिविरमा ७४ जना महिलाको पाठेघरको स्वास्थ्य सम्बन्धी जाँच भएको थियो ।

स्वास्थ्य शिविरमा डाक्टर बालकृष्ण साह, डाक्टर मनोज फुयाल, डाक्टर रसितकुमार यादव, डाक्टर पूजा कोइराला लगायतको टोली खटिएको थियो । शिविरका क्रममा ६० हजार ३१० रुपैयाँ बराबरको औषधि वितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.