तेजस्वीमा स्वास्थ्य शिविर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– ५ मा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा २५५ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

शनिबार सहकारीले आफ्नो कार्यालय परिसरमा मोरङ सहकारी अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा २५५ जनाले स्वास्थ्य परीक्षण गरेको सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिए ।

तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले पुस २० गते १२ औं साधारणसभा गर्दैछ । साधारणसभा अघि स्वास्थ्य शिविर आयोजना गरिएको आचार्यले बताए ।

शनिबार बिहानबाट सुरु भएको शिविरमा ७४ जना महिलाको पाठेघरको स्वास्थ्य सम्बन्धी जाँच भएको थियो ।

स्वास्थ्य शिविरमा डाक्टर बालकृष्ण साह, डाक्टर मनोज फुयाल, डाक्टर रसितकुमार यादव, डाक्टर पूजा कोइराला लगायतको टोली खटिएको थियो । शिविरका क्रममा ६० हजार ३१० रुपैयाँ बराबरको औषधि वितरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.