कांग्रेस सभापति देउवाले भने,‘ प्रधानमन्त्री ओलीले राम्रो काम गर्दै हुनुहुन्छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरिरहेको सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले यस्तो बताएका हुन् ।

‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ देउवाले भने ।

कांग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए । ‘‘मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ,’ उनले भने ।

चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे ।

स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने जिकिर समेत गरेका छन् ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.