कांग्रेस सभापति देउवाले भने,‘ प्रधानमन्त्री ओलीले राम्रो काम गर्दै हुनुहुन्छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरिरहेको सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले यस्तो बताएका हुन् ।

‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ देउवाले भने ।

कांग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए । ‘‘मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ,’ उनले भने ।

चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे ।

स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने जिकिर समेत गरेका छन् ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.