प्रदेश सम्मेलनमा महामन्त्री थापाले भने ,‘सबैलाई ठाउँ चाहिन्छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले सबैलाई ठाउँ र मान चाहिने बताएका छन् । नेता डा. शेखर कोइरालाले कोशी सम्मेलन बहिष्कार गरेकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाकै गृहनगर विराटनगरमा आयोजित सम्मेलनमा सहभागी भएका महामन्त्री थापाले टेक्निकल कुरा गरेर मात्रै नहुने बताए ।

‘पार्टीभित्र एकता अनिवार्य छ, सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ।’

कोइरालाले शनिबार विराटनगरमा चलिरहेको पार्टीको प्रदेश सम्मेलन बहिष्कार गरेका छन् । कोइराला चितवन पुगेर त्यहाँ आयोजित दुई शोकसभामा सहभागी भएका छन् । प्रदेश सम्मेलनको मञ्चमा सभापतिपछिको वरियता कोइरालाले मागेका थिए ।

सोहीप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘सबैलाई ठाउँ चाहिन्छ, सबैको मान चाहिन्छ, जित्ने हार्ने सबैलाई मिलाएर लैजानुपर्छ, किन कि हामी सबै खालका छौं नि त ।’

नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्ने गगनको भनाइ छ ।

कोइराला समूहले गत १८ मंसिरमा विराटनगरमा आयोजना गरेको भेलालाई लक्षित गरी गगनले भने ,‘मोरङको एउटा पालिकाको एउटा वडाले सबै मोरङका मान्छे बोलाउँछु जिल्ला सभापति बोलाउँदिन र सुनसरीको सभापति ल्याएर गर्छु भन्यो भने त्यो गर्न पाइन्छ भन्ने कि पाइँदैन ? केन्द्रीय कार्यालयले भनेको त्यति मात्रै हो ।’

पार्टीभित्र विवाद पनि हुने बताउँदै उनले सबैलाई मिलाएर लैजाने विषय अनिवार्य रहेको जिकिर गरे ।

पार्टीका नेताले मिसन २०८४ को बहाना आवश्यक नरहेको बताउँदै महामन्त्री थापाले सरकारमा भएकाले पनि अहिलेदेखि नै काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.