रोमाञ्चक खेलमा कर्णालीसँग विराटनगर पराजित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टियूको खेलमा मैदानमा भएको खेलमा टस जितेर विराटनगरले पहिलो बलिङ रोजेको थियो ।

पहिलो ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनायो । विलियम बोसिस्टोल ६६ रन र देव खनालले ५३ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा विराटनगरका प्रतिस जिसीले ४, बसिर अहमद, क्रिस सोलले समान २ तथा अकिब इल्यासले १ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २६ रनमा समेटियो । विराटनगरका लागि निकोलस कीर्तन ४० रन, लोकेश बमले १९ रन र दीपक बोहोरले १८ रन बनाए ।

बलिङमा कर्णालीका नन्दन यादवले ३, विपिन शर्माले २, सोमपाल कामी, विलियम बासिस्टो र युनिश ठकुरीले समान १ –१ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.