रोमाञ्चक खेलमा कर्णालीसँग विराटनगर पराजित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित टियूको खेलमा मैदानमा भएको खेलमा टस जितेर विराटनगरले पहिलो बलिङ रोजेको थियो ।

पहिलो ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनायो । विलियम बोसिस्टोल ६६ रन र देव खनालले ५३ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा विराटनगरका प्रतिस जिसीले ४, बसिर अहमद, क्रिस सोलले समान २ तथा अकिब इल्यासले १ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २६ रनमा समेटियो । विराटनगरका लागि निकोलस कीर्तन ४० रन, लोकेश बमले १९ रन र दीपक बोहोरले १८ रन बनाए ।

बलिङमा कर्णालीका नन्दन यादवले ३, विपिन शर्माले २, सोमपाल कामी, विलियम बासिस्टो र युनिश ठकुरीले समान १ –१ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.