सशांकलाई लिएर काेइराला निवास पुगे शेरबहादुर देउवा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगरस्थिति काेइराला निवास पुगेका छन् ।

नेपाली कांग्रेस काेशी  प्रदेश सम्मेलनमा सहभागी हुनका लागि विराटनगर आएका देउवा शनिबार बिहान काेइराला निवास पुगेका हुन् ।

याे घर स्वर्गीय कृष्णप्रसाद काेइरालाकाे हाे । याे घर अहिले उनका नाति डाक्टर शेखर काेइरालाकाे भागमा छ ।

मातृका अर्का नाति सशांक काेइरालालाई लिएर देउवा पुग्दा डाक्टर शेखर काेइराला घरमा थिएनन् ।

प्रदेश सम्मेलनमा दाेस्राे वरियता नपाउने भएपछि काेइराला सम्मेलन बहिष्कार गर्दै चितवन पुगेका छन् ।

प्रकाशित मिति: शनिबार, २२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.