विराटनगरमा लाैराे टेकेर दिनभर उभिए नेत्र चापागाईं

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं शैक्षिक क्षेत्र सुधारको माग गर्दै विराटनगरको सडकमा लाैराे टेकेर दिनभर उभिएका छन् ।

शैक्षिक क्षेत्र सुधारका लागि १४ बुँदे मागसहित आन्दोलन सुरु गरेका चापागाईं शुक्रबार विराटनगरको ट्राफिक चोकमा दिनभर उभिएका हुन् । लाैराे टेकेर उभिएका उनलाई केही विद्यार्थीहरुले साथ दिएका थिए ।

उनले पोखराबाट सातवटै प्रदेश राजधानीबाट सरकारलाई दबाब दिन उभिने यात्रा सुरु गरेका हुन् ।

शुक्रबार काेशी प्रदेशकाे राजधानी विराटनगरमा उभिएका उनी शनिबार जनकपुर जानेछन् । मधेश प्रदेशको राजधानी जनकपुरबाट उनी बागमती प्रदेशको राजधानी हेटौंडामा उभिने छन् । उनी यसअघि पोखरा, धनगढी र नेपालञ्जमा उभिएका थिए ।

चापागाई‌ंले गत जेठमा  काठमाडौंको माइतीघरमा १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन् । ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग चापागाईंले राखेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, २१ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.