विराटनगरमा लाैराे टेकेर दिनभर उभिए नेत्र चापागाईं

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं शैक्षिक क्षेत्र सुधारको माग गर्दै विराटनगरको सडकमा लाैराे टेकेर दिनभर उभिएका छन् ।

शैक्षिक क्षेत्र सुधारका लागि १४ बुँदे मागसहित आन्दोलन सुरु गरेका चापागाईं शुक्रबार विराटनगरको ट्राफिक चोकमा दिनभर उभिएका हुन् । लाैराे टेकेर उभिएका उनलाई केही विद्यार्थीहरुले साथ दिएका थिए ।

उनले पोखराबाट सातवटै प्रदेश राजधानीबाट सरकारलाई दबाब दिन उभिने यात्रा सुरु गरेका हुन् ।

शुक्रबार काेशी प्रदेशकाे राजधानी विराटनगरमा उभिएका उनी शनिबार जनकपुर जानेछन् । मधेश प्रदेशको राजधानी जनकपुरबाट उनी बागमती प्रदेशको राजधानी हेटौंडामा उभिने छन् । उनी यसअघि पोखरा, धनगढी र नेपालञ्जमा उभिएका थिए ।

चापागाई‌ंले गत जेठमा  काठमाडौंको माइतीघरमा १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन् । ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग चापागाईंले राखेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, २१ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.