उपनिर्वाचनबाट निर्वाचित वडा अध्यक्ष पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उपनिर्वाचनबाट निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ वडाध्यक्ष धिरेन्द्रकुमार साह पदभारग्रहण लगतै पक्राउ परेका छन् ।

एक किशोरीको हत्या र उनको भाइलाई अपहरण संलग्न भएकाे आरोपमा उनी पक्राउ परेका हुन् ।

डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदभारग्रहण कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ ।

पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । प्रहरीले घटनाको विषयमा थप जानकारी दिएको छैन ।

गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, २१ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.