कोशी प्रदेशमा लगानी सम्मेलनकाे तयारी, १ खर्बको लगानी जुटाउने लक्ष्य

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरेको छ ।

माघ ११, १२ र १३ गते विराटनगरमा पहिलो पटक लगानी सम्मेलन गर्ने तयारी गरेको हो । यद्धपी यो मिति फेरबदल हुनसक्ने सम्भावना पनि छ ।

लगानी सम्मेलनमा ७० वटा परियोजना प्रस्तुत गर्ने तयारी छ । यसरी प्रस्तुत हुने परियोजना २ खर्ब हाराहारीका छन् ।

एक खर्ब बराबरका परियोजनामा लगानी सम्झौता (एमओयू) गर्ने लक्ष्य रहेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालाले जानकारी दिए ।

न्यूनतम १० करोड रुपैयाँदेखि ३२ करोड रुपैयाँ लागत अनुमान गरेका परियोजना सम्मेलनमा प्रस्तुत हुनेछन् । कृषि, पर्यटन, उद्योग, ऊर्जा, आइटी र पूर्वाधार क्षेत्रका परियोजना प्रस्तुत गर्ने सरकारकाे तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, २१ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.