चीनबाट फर्किएका प्रधानमन्त्री ओलीले भने,‘ ऋणको सम्झौता भएको छैन’

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋणको सम्झौता नभएको बताएका छन् ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारी भएको बताउँदै उनले ऋणको कुनै सम्झौता नभएको बताएका हुन् ।

चार दिने चीन भ्रमणपछि आज फर्किएका उनले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने,‘ ‘ऋणसम्बन्धी कुनै कुरा चलेन । छलफल पनि भएन । बीआरआईबारे छलफल भयो ।’

उनले आफ्नो चीन भ्रमण सफल भएको बताए । भ्रमणबाट राम्रो उपलब्धी भएको पनि बताए । ‘अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ,’ उनले भने,‘सधैँ किन ऋणको सारंगी बजिरहेको छ । होइन र छैन भनेर पटकपटक भनेका छौं । ऋणसँग यो सरोकार राख्दैन ।’

आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङलगायतसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, २० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.