चीनबाट फर्किएका प्रधानमन्त्री ओलीले भने,‘ ऋणको सम्झौता भएको छैन’

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋणको सम्झौता नभएको बताएका छन् ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारी भएको बताउँदै उनले ऋणको कुनै सम्झौता नभएको बताएका हुन् ।

चार दिने चीन भ्रमणपछि आज फर्किएका उनले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने,‘ ‘ऋणसम्बन्धी कुनै कुरा चलेन । छलफल पनि भएन । बीआरआईबारे छलफल भयो ।’

उनले आफ्नो चीन भ्रमण सफल भएको बताए । भ्रमणबाट राम्रो उपलब्धी भएको पनि बताए । ‘अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ,’ उनले भने,‘सधैँ किन ऋणको सारंगी बजिरहेको छ । होइन र छैन भनेर पटकपटक भनेका छौं । ऋणसँग यो सरोकार राख्दैन ।’

आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङलगायतसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, २० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.