जनकपुरको लागातार तेस्रो जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले तेस्रो जित निकालेको छ । उत्कृष्ट लयमा रहेको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । तेस्रो जित सँगै जनकपुर शीर्ष स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्‍यो।

पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए ।

ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए । आसिफ शेखले ३४ बलमा ३३ रन जोडेका थिए । लाहिरू मिलान्थाले ४५ रनको योगदान गरे ।

टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोडेको थियो ।

ओपनिङमा आएका दिनेश खरेलले १० रन जोडे । ओपनर आन्द्रेस गौसले २० रन जोडे ।
कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए । मार्कस क्रिचलीले ३५ रन जोडे । अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडेका थिए ।

बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए ।

प्रकाशित मिति: बिहिबार, २० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.