काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले तेस्रो जित निकालेको छ । उत्कृष्ट लयमा रहेको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । तेस्रो जित सँगै जनकपुर शीर्ष स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्यो।
पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए ।
ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए । आसिफ शेखले ३४ बलमा ३३ रन जोडेका थिए । लाहिरू मिलान्थाले ४५ रनको योगदान गरे ।
टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोडेको थियो ।
ओपनिङमा आएका दिनेश खरेलले १० रन जोडे । ओपनर आन्द्रेस गौसले २० रन जोडे ।
कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए । मार्कस क्रिचलीले ३५ रन जोडे । अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडेका थिए ।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)