अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।

बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यही २३ र २४ गते हुने भनिएको सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।

सम्मेलन बारे निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो ।

प्रकाशित मिति: बिहिबार, २० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.