आजको मौसम सफा, आइतबार र सोमबार वर्षाको सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सफा छ । तर आइतबार र सोमबार हिउँदे वर्षाको सम्भावना छ । वर्षापछि जाडो बढ्ने छ ।

आइतबार र सोमबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको असरले आइतबार र सोमबार वर्षाको सम्भावना रहेको बताए ।

प्रकाशित मिति: बिहिबार, २० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.