धरानमा ६ सय ९० किलाे गाँजा समात्न प्रहरीले चलायाे गाेली

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । सुनसरी प्रहरीले गाँजा सहितको गाडी नियन्त्रणमा लिनका लागि गोली प्रहार गरेको छ । मंगलबार धरानमा चार राउण्ड गोली चलाएको हो ।

गोली चलाएर प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा चालक भागेपछि प्रहरीले गोली चलाएको थियाे ।

प्रकाशित मिति: बुधबार, १९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.