चीन भ्रमणमा प्रधानमन्त्री ओली, आज पेकिङ विश्वविद्यालय जाने

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै तयारी छ । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

सोमबार बेइजिङ गएका प्रधामन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ, चिनियाँ प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका थिए । सोही क्रममा ९ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो । प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किंदै छन् ।

प्रकाशित मिति: बुधबार, १९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.