काठमाडौं । नागरिक तहको आन्दोलनका कारण दक्षिण कोरियाामा लागू भएको सैन्य शासन केही घण्टा मै फिर्ता भएको छ । ब्यापक विरोधपछि राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाबाट फिर्ता भएका हुन् ।
उनले मंगलबार सैन्य शासनकाे घाेषणा गरेका थिए । लगतै बहुमत सांसदले सदनमा त्यसको कडा प्रतिवाद गरे । जनताले पनि आन्दाेलन गरे । त्यसपछि राष्ट्रपति यू मार्सल ‘ल’ लागू गर्ने घोषणा गरेको केही घण्टा मै पछि हटेका हुन् । यो सँगै उनको पद पनि संकटमा परेको छ ।
सिओलको नेशनल ऐसम्ब्ली अर्थात् राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको कदमलाई खारेज गरिदिएका थिए । राष्ट्रपतिको कदमलाई लिएर संसदबाहिर पनि प्रदर्शन भएको थियो । राष्ट्रपति पछिहटे पछि नेशनल ऐसेम्लीमा खटिएका सैनिक पनि फिर्ता भएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)