केन्द्रकाे इच्छा विपरित गृहनगरमा डाक्टर कोइरालाको शक्ति परीक्षण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पार्टी केन्द्रीय समितिको सर्कुलर विपरित नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला  गरेर आफ्नाे शक्ति परीक्षण गरेका छन् । यो भेलालाई सम्बाेधन गर्दै उनले घुमाउराे भाषाामा १५ औं महाधिवेशनबाट नेतृत्व लिने संकेत गरे ।

पार्टी केन्द्रको इच्छा विपरीत गृहनगरमा कोइरालाले गरेको शक्ति परीक्षण उनी पक्षका नेता तथा पालिका सभापति सहभागी थिए । भेलामा आएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘कुनै किसिमको डर, धाक, धम्कीबाट उहाँहरु आत्तिनुभएन । तपाईंहरू निस्फिक्रि भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’

पार्टी प्रदेश समितिले २२ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्दैछ । त्यसको चार दिन अघि कोइरालाले पालिका सभापतिहरूलाई भेला गरेर १५ औं महाधिवेशनपछि नेता कार्यकर्तालाई अन्याय नहुने बताए ।१५ औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने जिम्मेवारी लिने बताए ।

नेता शेखरले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखेको बताए । अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको  बताउँदै उनले भने, ‘क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ । यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन ।’

प्रदेशले सम्मेलनको मिति तोकेपछि कोइराला समूहले पालिका सभापतिहरूको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको संस्थापन पक्षको बुझाइ छ । तर, भेलामा बोल्ने क्रममा नेता कोइरालाले कार्यक्रम धेरै पहिले तय भएकाले कोही तर्सनु नपर्ने बताए ।

भेलाको अघिल्लो दिन सोमबार केन्द्रीय समितिले २२ मंसिरअघि कुनै कार्यक्रम नरहेको पालिका सभापतिहरूलाई सर्कुलर गराएको थियो । प्रदेशका १३७ वटै पालिकालाई निम्तो गरिएको थियो । ती मध्ये ११३ जना सहभागी भएको कोइराला पक्षको दाबी छ । तर संस्थापन पक्षका एक नेताले भने आजको भेलामा जम्मा ६०-६१ जना सभापति मात्रै उपस्थित भएको बताए । भेलामा कोइराला समूहबाट पालिकामा जितेका सभापति र पदाधिकारीहरू सबै सहभागी छन् । भेलामा बोल्ने केही वक्तालेआगामी महाधिवेशनबाट पार्टीको नेतृत्व कोइरालाले लिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति: मङ्गलबार, १८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.