भण्डारी मन्त्री बनेपछि प्रमुख सचेतकको जिम्मेवारी लिङथेपलाई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमाले काेशी प्रदेश संसदीय दलकाे प्रमुख सचेतकको जिम्मेवारी संखुवासभाबाट निर्वाचित प्रदेश सांसद विदुर लिङ्थेपले पाएका छन् ।

प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रेवतिरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि प्रमुख सचेतकको जिम्मेवारी लिङ्थेपले पाएका हुन् । भण्डारी साेमबार आन्तिरक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

भण्डारी मन्त्री भएपछि नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङथेपलाई प्रमुख सचेतकको जिम्मेवारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, १८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.