विराटनगर । नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको अरोपमा प्रहरीले २ जना भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । ६ जनाको गिरोहले पूर्वी नेपालका विभिन्न स्थानमा ठगी गरेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवा, भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ र ३४ वर्षीय सञ्जय शर्मा पक्राउ परेका हुन् ।
गत २७ कात्तिकमा विराट शिक्षण अस्पतालबाट दाजुभाइको नाता लगाएर साेही समूहका सदस्यले संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङको साथमा रहेको १ लाख १० हजार रूपैयाँ चोरेर लगेको थियो । चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा गिरोह पत्ता लागेको थियो ।
प्रहरीका अनुसार विराट शिक्षण अस्पतालबाट कृष्णबहादुरको पैसा चोर्ने व्यक्ति अशोक तामाङ हुन् । उनलाई पक्राउ गरेपछि प्रहरी गिरोहसम्म पुगेको थियो । यो गिरोहले मोरङ, झापा र सुनसरीमा नक्कली सुन देखाएर ठगी गरेको प्रहरीले बताएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
हटिया, अस्पताल, मेला, पर्व र भिडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई नक्कली सुन देखाएर ठगी गर्ने गरेको देखिएको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले बताए । यो समूहले नक्कली सुनको बिस्कुट देखाएर सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनालाई ठगी गरेको भेटिएको छ । अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रहरीले पक्राउ परेको समूहको साथबाट तिलहरी, हार, मंगलशूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी, चाँदीको पाउजू, जिमाला, कालो पोतेलगायत सामग्री बरामद गरेको छ । २ लाख ७२ हजार ४ सय ३० नेपाली र २ हजार ६ सय ३० भारती रूपैयाँसमेत बरामद भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)