नक्कली सुन देखाएर पूर्वी नेपालमा ठगी गर्ने गिरोह पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको अरोपमा प्रहरीले २ जना भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । ६ जनाको गिरोहले पूर्वी नेपालका विभिन्न स्थानमा ठगी गरेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवा, भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ र ३४ वर्षीय सञ्जय शर्मा पक्राउ परेका हुन् ।

गत २७ कात्तिकमा विराट शिक्षण अस्पतालबाट दाजुभाइको नाता लगाएर साेही समूहका सदस्यले संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङको साथमा रहेको १ लाख १० हजार रूपैयाँ चोरेर लगेको थियो । चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा गिरोह पत्ता लागेको थियो ।

प्रहरीका अनुसार विराट शिक्षण अस्पतालबाट कृष्णबहादुरको पैसा चोर्ने व्यक्ति अशोक तामाङ हुन् । उनलाई पक्राउ गरेपछि प्रहरी गिरोहसम्म पुगेको थियो । यो गिरोहले मोरङ, झापा र सुनसरीमा नक्कली सुन देखाएर ठगी गरेको प्रहरीले बताएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

हटिया, अस्पताल, मेला, पर्व र भिडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई नक्कली सुन देखाएर ठगी गर्ने गरेको देखिएको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले बताए । यो समूहले नक्कली सुनको बिस्कुट देखाएर सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनालाई ठगी गरेको भेटिएको छ । अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ परेको समूहको साथबाट तिलहरी, हार, मंगलशूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी, चाँदीको पाउजू, जिमाला, कालो पोतेलगायत सामग्री बरामद गरेको छ । २ लाख ७२ हजार ४ सय ३० नेपाली र २ हजार ६ सय ३० भारती रूपैयाँसमेत बरामद भएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.