कोशीमा कांग्रेस संस्थापन र इतर पक्षको समान भेला, केन्द्रले गर्याे सर्कुलर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशमा संस्थापन र  डा. शेखर कोइराला पक्षबीच किचलो देखिएको छ । पार्टी प्रदेश समितिले २२ मंसिरमा प्रदेश भेला आयोजना गरेको छ । त्यसअघि नै डाक्टर शेखर कोइरालाले पालिका सभापति भेला आह्वान गरेपछि किचलाे देखिएकाे हाे ।

दुवै भेला विराटनगरमै हुने भनिएको छ । शेखर पक्षले गर्ने भनिएको पालिका सभापतिको भेला  मंसिर १८  गतेलाई तोकिएको छ । यो भेलाको आयोजक मोरङका १७ वटै पालिका भनिएको छ ।

कोइराला पक्षले भेला आह्वान गरेको अघिल्लो दिन सोमबार केन्द्रीय कार्यालयले कोशी प्रदेशमा मंसिर २२ गते भन्दा अन्य मितिमा भेला नराखेको बताएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका जिल्लाका सभापतिहरुलाई सर्कुलर जारी गर्दै मंसिर २२ गते भन्दा अगाडि भेला नभएको जानकारी गराएका हुन् ।

संस्थापन पक्षले गर्ने भनिएको प्रदेशको पहिलो सम्मेलनमा सभापति शेरबहादुर देउवा आउने कार्यक्रम छ । कोइराला पक्षको भेलामा कोइराला प्रमुख अतिथि हुने भन्दै प्रचार गरिएको छ । केन्द्रीय कार्यालयले गरेको सर्कुलरमा मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनैपनि कार्यक्रम नरहेको भनिएकाे छ । मंसिर २२ को प्रदेश सम्मेलनमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.