पिजी चिकित्सकलाई मेडिकल अफिसर सरह निर्वाह भत्ता दिन संघको माग

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल चिकित्सक संघ कोशी प्रदेशले निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकहरूको निर्वाह भत्ता न्यूनतम सरकारी सेवामा रहेका आठौं तहका मेडिकल अधिकृत सरह बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ताको व्यवस्था लागू गर्नु पर्ने संघको माग छ ।

‘संघले उठाएको मागप्रति चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सकारात्मक पहल गर्दै स्नातकोत्तर तह (पिजी) को एमडी एमएस÷एमडीएस अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई सरकारी सेवाका आठौं तहका मेडिकल अफिसर सरह ४८ हजार ७३७ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय प्रति आडिग रहन यसै पत्रमार्फत हार्दिक आग्रह गर्दछौं,’ नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

पिजी अध्ययनरत आवासीय चिकित्सकहरू कक्षामा बसेर पढ्ने सामान्य विद्यार्थी जस्तो नभई अस्पतालमा दिनरात काम गर्ने जनशक्ति भएकाले सो काम गरेबापत निर्वाह भत्ता आठौं तहका मेडिकल अफिसर सरह नै हुनुपर्ने नेपाल चिकित्सक संघको अडान रहेको उनले बताए ।

निजी मेडिकल कलेजहरुले हाल आवासीय चिकित्सकहरुलाई १९ देखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका छन् । आठौं तहका सरकारी मेडिकल अधिकृतको मासिक तलब भत्ता ४८ हजार ७ सय ३७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.