काेशी प्रदेश : आन्तरिक मामिला मन्त्री बन्दै भण्डारी, आजै शपथ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

संविधानसभा सदस्य भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने भएका हुन् ।

मानव तस्करी प्रकरणमा मुछिएर तत्कालिन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली थियो ।

भण्डारीकाे शपथ आज साढे ५ बजे गर्ने तयारी छ । भण्डारीले साढे पनि ५ बजे शपथग्रहण रहेको जानकारी दिए ।

‘ नियुक्तीको प्रक्रियामा छ,’ उनले भने,‘ साढे ५ बजे शपथ ग्रहणको तयारी छ ।’

कोशीमा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् । डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन् ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.