पुथाउत्तरगंगामा कांग्रेस एमाले मिल्दा पनि माओवादी केन्द्रले निकाल्याे जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा कांग्रेस एमाले गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।

कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई फराकिलो मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याएकी छन् । एमालेकी तुलाचनले २१२८ मत ल्याइन् ।

कांग्रेस एमाले गठबन्धन हुँदा एमालेकी तुलाचनले कांग्रेसको चुनाव चिह्न रुख लिएकी थिइन् ।

यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.